सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति, आइतबार पुनः सुनवाइ हुने

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतजे विदेश जाने अनुमति दिएन।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीविरुद्ध परेको मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले उकेरालाई जानकारी दिए।
आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्नका लागि नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ। आइतबार सुनुवाइ भएर अनुमति पाएमा उनी सोमबार त्यसतर्फ जानेगरी तयारी गर्ने क्यानको तयारी छ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा, विदेश जाने निवेदनको सुनुवाई सकियो
सन्दीपले घरेलु लिगमा उत्कृष्ठ प्रदर्शन गरेपछि क्यानले उनलाई टिममा समावेश गर्दै युएई सिरिजमा सहभागी गराउन चाहेको हो।
उनीविरुद्ध नाबालिग बलात्कारको आरोप छ। त्यस मुद्दामा उच्च अदालतले धरौटीमा रिहा गरेपछि त्यसविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्चमा निवेदन दायर गरेको छ। सोही निवेदनलाई पनि साथमा राखेर अब आइतबार सुनुवाइ हुनेछ।
फागुन १२, २०७९ शुक्रबार १७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।