कर्मचारीलाई सट्टा बिदा दिएर सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खोलिने

कर्मचारीलाई सट्टा बिदा दिएर सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खोलिने

काठमाडौं : अब सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुल्ने भएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक बिदामा खोल्ने निर्णय गरेको हो।

कस्ता बिदामा कार्यालय खोल्ने र कुन-कुन कार्यालय खोल्ने भन्ने विषयमा भने टुंगो लाग्न बाँकी रहेको छ। 

‘सार्वजनिक बिदा घोषणा भएका दिन पनि अब सरकारी कार्यालय खुला रहनेछन्। बिदाका दिन कुनकुन कार्यालय खोल्ने भन्ने समितिले सूचीकृत गर्नेछ’, उनले भनिन्।

कर्मचारीलाई सट्टा बिदा दिएर भए पनि कार्यालय सञ्चालन गरिने उनले बताइन्।

फागुन १२, २०७९ शुक्रबार १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।