प्रचण्डसँग दुई घण्टा छलफल गरेर ओली बालुवाटारबाट बाहिरिए

प्रचण्डसँग दुई घण्टा छलफल गरेर ओली बालुवाटारबाट बाहिरिए

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करिब २ घण्टा छलफल गरेर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन्। ओलीले पुस १० को सहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने दाबी गरिरहेका छन् भने माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले राष्ट्रिय सहमति भनिरहेका छन्।

ओली प्रधानमन्त्री निवासबाट बाहिरिए पनि छलफलमा के भयो भन्ने सार्वजनिक भएको छैन। माओवादीसहितको दल निर्वाचनताकाको चार दलको गठबन्धन ब्युँझाएर राष्ट्रपतिमा नेपाली कांग्रेस वा एकीकृत समाजवादीबाट उम्मेदवार बनाउनेबारे छलफल गरिरहेका छन्। शुक्रवार चार दलको बैठक बसे पनि सहमति हुने गरी निर्णय भएन। शुक्रवार बेलुका पुन बैठक बस्ने गरी दिउसको बैठक सकिएको थियो।

फागुन १२, २०७९ शुक्रबार १७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।