‘राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्न प्रधानमन्त्रीसँगै अन्य दल पनि सकरात्मक’

‘राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्न प्रधानमन्त्रीसँगै अन्य दल पनि सकरात्मक’

काठमाडौं : नेपाली कांग्रेसका सांसद् एवं प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारलाई सघाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सकरात्मक देखिएको बताएका छन्।

शुक्रबार संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले प्रधानमन्त्रीले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको दाबी गरे।

सांसद महतले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरूले सहयोग गरुन् भन्ने अपेक्षा राखेको पनि बताए। कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न अन्य दलहरू पनि सकारात्मक रहेको उनले उल्लेख गरे।

उनले भने, ‘छलफल राष्ट्रपतिकै विषयमा हो। हामीले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरूले सहयोग गरुन् भन्ने नै हाम्रो अपेक्षा हो। त्यसमा प्रधानमन्त्रीको पनि सकारात्मक कुरा नै थियो। अन्य दलहरुले पनि सकारात्मक कुरा नै गर्नुभएको छ।’

सांसद् महतले संविधानको रक्षाका लागि नेपाली कांग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको बताए।

फागुन १२, २०७९ शुक्रबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।