पछिल्लो राजनीतिक घटनाक्रम थाहै छैन भन्दै ओलीले राष्ट्रपति एमालेकै हुने दाबी गरे
काठमाडौँ : एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार छान्न काङ्ग्रेस-माओवादीसहित चार दलबिच भइरहेको छलफलबारे आफूलाई जानकारी नभएको दाबी गर्दै राष्ट्रपति एमालेकै उम्मेदवार बन्ने बताएका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, र जनता समाजवादी पार्टीका नेताहरू राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारमा सहमति गर्न बैठक बसिरहेका छन्। शुक्रवार दिउस बसेको बैठकमा सहमति हुन नसकेपछि बेलुका बस्ने गरी सकिएको थियो।
शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिनेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै भनिसकेको भन्दै पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको दाबी गरेका थिए।
‘राष्ट्रपति एमालेको हुन्छ भन्ने कुरा त हामीले पुस १० गते नै भनेका हौँ। अरू घटनाक्रम हामीलाई थाहा छैन’ उनले भने।
फागुन १२, २०७९ शुक्रबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।