राष्ट्रपति-उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न जसपाले बोलायो बैठक
काठमाडौँ : राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। उपराष्ट्रपति पदमा दाबी गरिरहेको पार्टीले शुक्रवार ६ बजेलाई बैठक बोलाएको छ।
निर्वाचनको बेलामा एमालेसँग सहकार्य गरेको जसपा पछिल्लो समय माओवादी र एकीकृत समाजवादीसँग नजिकिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरे पनि जसपा सरकारमा सहभागी भएको छैन।
काङ्ग्रेस-माओवादीसहितको चार दलबिच चलिरहेको राष्ट्रपति-उपराष्ट्रपतिको उम्मेदवार चयन गर्ने बैठकमा जसपा समेत सहभागी छ।
फागुन १२, २०७९ शुक्रबार १६:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।