चार दिन कैद तोकिएका बैंकिङ कसूरका प्रतिवादी पक्राउ
काठमाडौं : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-६ विसिङखर घर भएका २८ वर्षीय पविन तामाङ रहेका छन्।
उच्च अदालत पाटनको २०७८ माघ २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख ३० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको छ।
फागुन १२, २०७९ शुक्रबार १६:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।