अरु कुरा थाहा छैन, एमालेको उम्मेदवार नै राष्ट्रपति हुन्छ : केपी ओली

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको उम्मेदवार नै राष्ट्रपतिका हुने दाबी गरेका छन्।
शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै तय भएको उल्लेख गरे।
उनले भने, ‘राष्ट्रपति एमालेको हुन्छ भन्ने कुरा त हामीले पुस १० गतै नै भनेका हौं। अरु घटनाक्रम हामीलाई थाहा छैन।’
उता एमालेबाहेकको पुरानै गठबन्धनबाट राष्ट्रपति उम्मेदवार बनाउने प्रयासमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरु लागिपरेका छन्।
फागुन १२, २०७९ शुक्रबार १६:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।