१५ वर्षीया किशोरी बलात्कार आरोपमा पुरुष पक्राउ

१५ वर्षीया किशोरी बलात्कार आरोपमा पुरुष पक्राउ

झापा : १५ वर्षीया किशोरी बलात्कार अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कन्काई नगरपालिका-८ बस्ने ३९ वर्षीय अशोक बराइली छन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

फागुन १२, २०७९ शुक्रबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।