घाँस काट्न गएकी श्रीमतीलाई खुकुरी हानेर हत्या गरेपछि प्रहरीलाई फोन

घाँस काट्न गएकी श्रीमतीलाई खुकुरी हानेर हत्या गरेपछि प्रहरीलाई फोन

उदयपुर : आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

२० वर्षीया युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-९ भचुवा बस्ने २७ वर्षीय बिनोद पौडेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सोही नगरपालिका-६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक वनमा सँगै घाँस काट्न गएको अवस्थामा खुकुरी प्रहार गरी आफैँले श्रीमतीको हत्या गरेको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

फागुन १२, २०७९ शुक्रबार १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।