सिंहदरबार भित्र आम सर्वसाधारण सजिलै छिर्न पाउनुपर्ने सांसद ज्वालाको माग

सिंहदरबार भित्र आम सर्वसाधारण सजिलै छिर्न पाउनुपर्ने सांसद ज्वालाको माग

काठमाडौं : एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सिंहदरबारमा आम सर्वसाधारणलाई सहज रुपमा भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद ज्वालाले सांसदहरु र उनीहरुका आफन्तहरु मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसाधारणहरुलाई सिंहदरबार छिर्न पाउने व्यवस्था गर्न माग गरेका हुन्।

‘हामीले सिंहदरबारको दक्षिण गेट हेर्नसक्छौं, हामी सांसदहरु, मन्त्रीहरु त्यहींबाट ओहोरदोहोर गर्छौं, जनताहरु बाहिर हुन्छन्, चिनेजानेको बाहेकले सिंहदरबार छिर्न पाउँदैन, मन्त्रालयहरु सिंहदरबारभित्र र सर्वसाधारण बाहिर हुन्छन्,’ उनले भने, ‘यस्तो अवस्थाको अन्त्य हुनुपर्छ। जनतालाई प्रताडित गर्नु हुँदैन। सभामुखले आजै रुलिङ गर्नुपर्छ कि सिंहदरबार भित्र जनतालाई सहज प्रवेश गर्ने वातावरण हुनुपर्छ।’

फागुन १२, २०७९ शुक्रबार १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।