राष्ट्रपतिबारे सहमति गर्न बसेको चार दलको बैठकले गर्‍यो फेरि पाँच बजे बैठक बस्ने निर्णय

राष्ट्रपतिबारे सहमति गर्न बसेको चार दलको बैठकले गर्‍यो फेरि पाँच बजे बैठक बस्ने निर्णय

काठमाडौं : राष्ट्रपतिबारे सहमति गर्न आज बिहानदेखि बसेको चार दलको बैठक पनि बिना निष्कर्ष सकिएको छ। यस बैठकले फेरि आजै पाँच बजे बैठक बस्ने निर्णय गरेको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच बालुवाटारमा भएको छलफलमा विभिन्न विकल्पबारे छलफल भएको नेताहरुले बताएका छन्।

बैठकपछि बोल्दै कांग्रेस महामन्त्री गगन थापाले भने, ‘बैठकमा विभिन्न प्रस्तावबारे छलफल भयो। अब आ-आफ्नो दलमा छलफल गरेर टुंगोमा पुग्छौ र फेरि ५ बजे बैठक बस्छ।’

फागुन १२, २०७९ शुक्रबार १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।