उपत्यकामा अब ५० किमिभन्दा बढी गतिमा सवारी साधन नचलाउनुस्, कारबाहीमा परिएला
काठमाडौं : काठमाडौं उपत्यकामा अबदेखि अधिक्तम प्रतिघण्टा ५० किलोमिटर भन्दा बढीको गतिमा सवारी साधन चलाउन नपाइने भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना प्रकाशित गर्दै ५० किलोमिटर भन्दा बढीको गतिमा सवारी साधन चलाएमा कारबाही गरिने जनाएको छ।
जसअनुसार चक्रपथ (रिङ रोड) को कलङ्की-कोटेश्वर सडकखण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा अधिकतम २० किलोमिटर गति तोकिएको छ।
यसैगरी कोटेश्वर–भक्तपुर सडकखण्डमा समेत प्रतिघन्टा अधिकतम ५० किलोमिटर गति तोकिएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघन्टा ५० किलोमिटर तोकिएको उल्लेख छ।
फागुन १२, २०७९ शुक्रबार १२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।