१३ किलो ६०० ग्राम चाँदी सहित बस चालक नियन्त्रणमा
काठमाडौं: चन्द्रागिरि नगरपालिका- २ नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएका प्रहरी टोलीले १३ किलो ६०० ग्राम चाँदीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। रुपन्देहीबाट काठमाडौं आउँदै गरेको लु.१ख ८६२५ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा चालकको सिटमुनि लुकाएर राखेको अवस्थामा उक्त बसको चालक रामचन्द्र थारुलाई नियन्त्रणमा लिइएको हो।
उनीमाथि थप अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ।
फागुन १२, २०७९ शुक्रबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।