शनिबार कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवारमा छलफल केन्द्रित हुने

शनिबार कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवारमा छलफल केन्द्रित हुने

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बिहान ८:३० बजे बस्ने तय भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुनेछ। यस्तै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ। यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ।

फागुन १२, २०७९ शुक्रबार ०९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।