प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे एमाले सरकारमा बस्दैन : योगेश भट्टराई

प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे एमाले सरकारमा बस्दैन : योगेश भट्टराई

रुकुम : एमालेका सचिव योगेश भट्टराईले पुस १० गतेको सहमति कार्यान्वयन नभए पार्टी सरकारमा नबस्ने बताएका छन्।

प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म टिकोस् भन्ने पक्षमा रहेको बताए।

तर प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरेमा भने सरकारमा नरहने पनि उनले उल्लेख गरे। मिडियामा आएको जस्तो पुरानो चुनावी गठबन्धन सरकार बन्ने भन्ने बारेमा प्रधानमन्त्रीको कुनै धारणा नआएको उनले बताए।

उनले पुस १० को सहमति अनुसार नभए एमाले सरकारमा नबस्ने बताए। पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको उनले दाबी गरेका छन्।

फागुन ११, २०७९ बिहीबार १९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।