शिवरात्रिको दिन नुहाउँदा नारायणी नदीमा बेपत्ता भएका किशोरको शव फेला

चितवन : गत फागुन ६ गते शिवरात्रिको दिन नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर मृत फेला परेका छन्।
चितवनको माडी नगरपालिका–५ घर भइ भरतपुर महानगरपालिका–१० मा बस्दै आएका १६ वर्षीय रिते थापाको आज शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार शिवरात्रिको दिन तनहुँ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा थापा डुबेर बेपत्ता भएका थिए।
उनको भरतपुर–१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा आज शव फेला परेको हो।
फागुन ११, २०७९ बिहीबार १९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।