३० लाख खर्च गरेर विवादित कम्पनीसँग दुबइमा कार्यक्रम गर्दा सङ्कटमा भुवन, कलाकार सङ्घले सोध्यो ८ प्रश्न

३० लाख खर्च गरेर विवादित कम्पनीसँग दुबइमा कार्यक्रम गर्दा सङ्कटमा भुवन, कलाकार सङ्घले सोध्यो ८ प्रश्न

काठमाडौं : मानव तस्करीमा जोडिएको निजी कम्पनीसँग मिलेर चलचित्र विकास बोर्डले दुबइमा आयोजना गरेको नेपाली सिनेमा फेस्टबारे चलचित्र कलाकार सङ्घले आठ वटा प्रश्न उठाएको छ। सङ्घका महासचिव चेतबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा बोर्डका पदाधिकारी, कर्मचारी, गैर कलाकार र परिवारलाई टोलीमा समाविष्ट गरिएको बारेमा समेत प्रश्न सोधेको छ।

बोर्डले ३० लाख खर्च गरेर गरेको कार्यक्रम विवादै विवादमा तानिएको थियो। विज्ञप्तिमा बोर्डले महोत्सवको औचित्य स्पष्ट पार्न भनिएको छ।

सङ्घले प्रदर्शन गर्ने चलचित्रको सहभागिताको लागि सार्वजनिक सूचना जारी गरी सहभागिता जनाउन के कस्तो प्रक्रिया अपनाइएको? बोलपत्र आह्वान गरेर निजी कम्पनीसँग सहकार्य गरिएको हो वा होइन?  भन्दै बोर्ड नेतृत्वसँग प्रश्न सोधेको छ।

बोर्डका पदाधिकारी, कर्मचारी, गैर कलाकार र परिवारलाई टोलीमा समाविष्ट गरिएको, सरकार आयोजक भएको कार्यक्रममा निजी अवार्डको घोषणा भएको, सङ्घ, संस्था तथा चलचित्र क्षेत्रको विशिष्ट व्यक्तिलाई बेवास्ता गरिएको, आयोजना अगाडि बोर्डका सल्लाहकारहरूले राजीनामा दिएको, प्रचार गरिएका चलचित्र सहभागी नभएको र सरकारी आयोजनाको कार्यक्रममा चलचित्रको टिकट बिक्री गरिएको भन्दै सङ्घले प्रश्न सोधेको हो।

जापानमा संस्कृत कार्यक्रम गर्दा मानव तस्करीमा जोडिएको सूर्य कर्पोरेशसँग मिलेर बोर्डले ३० लाख खर्चमा दुबइमा फेस्टको आयोजना गरेको थियो। फेस्टमा सहभागी बोर्ड अध्यक्ष केसी प्रेमीका जिया केसीसँगै सहभागी भएका थिए। उनको छोरा अनमोल कलाकारको रूपमा सहभागी भएका थिए।

कार्यक्रमका लागि गएका कार्यक्रम सञ्चालक प्रकाश सुवेदी श्रीमतीसहित दुबई पुगेका थिए। कार्यक्रममा सहभागी बोर्डका २ कर्मचारीले बोकेको अमेरिकी डलर नक्कली भेटिएपछि उनीहरू केही समय प्रहरीको नियन्त्रणमा समेत परेका थिए।

सम्बन्धित समाचार

फागुन ११, २०७९ बिहीबार १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।