फिलिपिन्समा शनिबारदेखि हराइरहेको विमान ज्वालामुखी पहाडमा भेटियो, विमानमा सवार चारै जनाको मृत्यु 

फिलिपिन्समा शनिबारदेखि हराइरहेको विमान ज्वालामुखी पहाडमा भेटियो, विमानमा सवार चारै जनाको मृत्यु 

एजेन्सी : फिलिपिन्समा शनिबारदेखि हराइरहेको विमान ज्वालामुखी पहाडमा भेटिएको छ भने विमानमा सवार चारै जनाको मृत्यु भएको बताइएको छ।

दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। उनीहरुको शव माउन्ट मेयोन ज्वालामुखीमा भेटिएको थियो। 

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका अनुसार अल्बे प्रान्तको बिकोल अन्तरराष्ट्रिय विमानस्थलबाट शनिबार उडान भरेपछि मनिला जाँदै गरेको सेसना ३४० विमानको हवाई ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भई दुर्घटना भएको थियो।

आइतबार करिब ६ हजार फिटको उचाइमा भग्नावशेष देखिए पनि पहिरोको जोखिम र ज्वालामुखीका कारण खोजी कार्यमा कठिनाइ भएको थियो।

फागुन ११, २०७९ बिहीबार १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।