अर्थमन्त्री पौडेल भारत प्रस्थान, जी–२० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिने

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेल जी-२० का अर्थमन्त्रीहरुको दुई दिने सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन्।
नेपाल जी-२० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको हो।
यही फागुन १२ र १३ गते भारतको बैङलुरुमा हुने सम्मेलनमा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
जी-२० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्रहरु रहेका छन्।
फागुन ११, २०७९ बिहीबार १५:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।