कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिमा पौडेल र सिटौलामध्ये एकलाई अघि सार्ने तयारी

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिमा पौडेल र सिटौलामध्ये एकलाई अघि सार्ने तयारी
फाइल तस्बिर

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ। आज बिहान ११ बजे पार्टीका सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको छ।

आजको बैठकमा राष्ट्रपतिको उम्मेदवारका बारेमा छलफल हुनेछ। कांग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल वा कृष्णप्रसाद सिटौलामध्ये एकलाई अघि सार्ने बताइएको छ।

यसबारे आज औपचारिक धारणा आउने एक नेताले बताएका छन्।

फागुन ११, २०७९ बिहीबार १०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।