१० वर्षपछि दिल्लीमा महिला मेयर, आम आदमी पार्टीकी शैलीले जितिन् चुनाव

१० वर्षपछि दिल्लीमा महिला मेयर, आम आदमी पार्टीकी शैलीले जितिन् चुनाव

एजेन्सी: भारतको राजधानी दिल्लीले महिला मेयर पाएको छ। आम आदमी पार्टीकी शैली ओबरोयले मेयरको चुनाव जितेकी हुन्।

१५० मतसहित शैली निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी भारतीय जनता पार्टीकी रेखा गुप्ताले ३४ मत पाइन्।

दिल्लीले १० वर्षपछि महिला मेयर पाएको हो। यसअघि सन् २०११ मा भाजपाकी रजनी अब्बी दिल्लीको मेयर चुनिएकी थिइन्।

यस्तै उपमेयर पनि आम आदमी पार्टीकै आले मोहम्मद इकबाल चुनिएका छन्। उनले १४७ मत पाए। उनले भाजपाका कमल बागडीलाई हराएका हुन्।

मेयर चुनिएपछि शैलीले जनताको आशा पूरा गर्न काम गर्ने बताइन्। उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जनतासँग गरेको १० बाचामा काम गर्ने बताइन्।

शैलीको जितपछि केजरीवालले गुण्डागर्दी हारेको र दिल्लीका जनताको जित भएको प्रतिक्रिया दिएका छन्।

फागुन १०, २०७९ बुधबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।