सांसद अरुण चौधरीको निलम्बन फुकुवा

सांसद अरुण चौधरीको निलम्बन फुकुवा

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो।

यद्यपि उनी राष्ट्रपतिको निर्वाचनमा मतदाताको सूचीमा भने छैनन्। आन्दोलनका क्रममा २०६६ भदौ ३ मा ट्र्याक्टरमा आगजनी गरेको घटनामा चौधरीलाई अदालतले २०७० वैशाख ९ गते ६ महिना कैद र तीन लाख जरिवाना तोकेको थियो।

तर उनले कैद भुक्तानी गरेका थिएनन्। उनलाई माघ १९ गते पक्राउ गरी जेल चलान गरिए पनि हाल राष्ट्रपतिबाट कैद माफी पाएर उनी कारागारमुक्त भइसकेका छन्।

यी पनि,

फागुन १०, २०७९ बुधबार १५:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।