माली विस्फोट : सेनेगलका तीन सैनिकको मृत्यु, नेपाली सैनिक सुरक्षित

काठमाडौं: अफ्रिकी मुलुक मालीमा विस्फोटमा परी संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक मिसन (मिनुस्मा)मा कार्यरत सेनेगलका तीन जना शान्ति सैनिकको मृत्यु भएको छ। मङ्गलबार भएको उक्त विस्फोटमा परी अन्य पाँच सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ।
मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। नेपाली सैनिक रहेको क्षेत्रको अवस्था सामान्य रहेको उनले बताए।
मालीको शान्ति मिसनमा नेपालका ‘स्टाफ’, ‘अब्जर्भर’ ‘कन्टिजेन्ट’समेत गरी १८१ सकलदर्जा कार्यरत छन्।
फागुन १०, २०७९ बुधबार १४:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।