टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक उन्मुक्ति पार्टीको माग

टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक उन्मुक्ति पार्टीको माग

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले रेशम चौधरीलाई रिहा गर्ने प्रतिवद्धता कार्यान्वयन नभएको समेत उल्लेख गरे।

सांसद रघु पन्तले भने पछिल्ला समयमा विदेशी चलखेल बढेको भन्दै विदेशी कूटनीतिज्ञको भेटघाटलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराए।

फागुन १०, २०७९ बुधबार १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।