सन्दीपको स्टाटस- ‘मैले कति योगदान गरें थाहा छैन तर मेरो देशले जितेको छ, यो मायाको लागि सम्पूर्णमा आभारी छु’
काठमाडौं: नाबालिग बलात्कार आरोपका कारण पाँच महिनापछि मैदानमा फर्किएका सन्दीप लामिछानेले घरेलु सिरिजमा सानदार प्रदर्शन गरे। उनले मंगलबार सकिएको सिरिजको चार खेलमा १३ विकेट लिएका थिए।
सिरिज जितेसँगै सन्दीपले आज सामाजिक सञ्जालमार्फत मैदानमा फर्किएपछि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन्।
उनले लेखेका छन्, ‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।
काठमाडौंमा भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतको स्कटल्यान्ड र नामिबिया समेत सम्मिलित घरेलु सिरिजमा नेपालले सबै खेल जित्दै क्लिन स्विप गरेको थियो।
लिग–२ अन्तर्गतको कुनै पनि सिरिजमा नेपालले सबै, चारवटै खेल जितेको यो पहिलो पटक हो।
उनी नाबालिग बलात्कारका अभियुक्त हुन्। उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा कारागार मुक्त गराएपछि उनलाई क्रिकेट एसोसिएसन अफ नेपालले टिममा फर्काएपछि विरोध भइरहेको छ।
सरकारी वकिलको कार्यालय उनको धरौटीको आदेश खारेजिको माग गर्दै सर्वोच्च अदालत गएको छ।
मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु।🙏 pic.twitter.com/N624WYaTeN
— Sandeep Lamichhane (@Sandeep25) February 22, 2023
फागुन १०, २०७९ बुधबार १२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।