राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिदै गर्दा चिनियाँ राजदूत फे‍रि बालुवाटारमा

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिदै गर्दा चिनियाँ राजदूत फे‍रि बालुवाटारमा

काठमाडौं : चिनियाँ राजदूत छन् सङ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बुधबार बिहानै बालुवाटार पुगेका छन्। 

राष्ट्रपति निर्वाचनको मिति नजिकिंदै गर्दा र दलहरूकाबीचमा राष्ट्रपतिको उम्मेदवारका लागि छलफल भइरहेका बेला सङले प्रचण्डसँग दोस्रो पटक भेटवार्ता गरेका हुन्। यसअघि उनीहरूबीच गत महिना पनि बालुवाटारमै भेटवार्ता भएको थियो।

भेटमा राजदूत सङले राष्ट्रपति निर्वाचनको विषयमा चासो व्यक्त गरेको बताइएको छ। राष्ट्रपतिको उम्मेदवारका लागि दलहरूबीच सहमती हुन नसकेर विभिन्न दाबीहरू चलिरहँदा सङले पनि भेटवार्ताको क्रमलाई बढाएका छन्।

उनले यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माओलीसँग पनि भेटवार्ता गरेका थिए।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न अब दुई दिन मात्र बाँकी छ।

फागुन १०, २०७९ बुधबार १०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।