जग्गा बेच्न हिंडेका व्यक्तिले आफ्नै जग्गा देखाएपछि थाहा भयो भूमाफियाको चलखेल, नक्कली लाल पुर्जा बनाएर बेच्ने तयारी
बुटवल : जग्गा बेच्न हिंडेका व्यक्तिले आफ्नै जग्गा देखाएको नौलो घटना रुपन्देहीमा भएको छ। त्यो पनि कसरी थाहा भयो भन्ने घटनाक्रम निकै रोचक छ।
बुटवल सुख्खानगरका निर्मल नेपाललाई साथी उमेश केसीले फोन गरेर आफ्ना साथीको जग्गा हरपुरमा रहेको भन्दै विक्री गरिदिन ग्राहक खोज्न भने।
आफ्नो साथीको १७ कट्ठा जग्गा रहेको र त्यसलाई विक्री गर्नुपर्ने भएकोले उमेशले निर्मललाई ग्राहक खोजिदिन आग्रह गरेका थिए।
यसपछि निर्मल विक्री गर्नुपर्ने जग्गा हे�