डा रुइतले पाए १३ करोड*राशिको इसा अवार्ड

डा रुइतले पाए १३ करोड*राशिको इसा अवार्ड

काठमाडौँ : बहराइनको प्रतिष्ठित इसा अवार्ड डा. सन्दुक रुइतले प्राप्त गरेका छन्। मङ्गलवार बहराइनको राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले स्वर्ण पदकसहित १० लाख डलर अर्थात् १३ करोड नेपाली रुपैयाँभन्दा बढीको पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गरे।

सर्वसुलभ दरको आँखाको लेन्सको निर्माण गरी गम्भीर प्रकृतिको आँखाको उपचार सर्वसुलभ गरेका रुइतको प्रयासले न्यून आर्थिक स्रोत भएकाहरूले पनि दृष्टि पाउन सफल भइरहेका छन्।

यस वर्षका लागि सो विधामा १ सय ३९ जना मनोनयनमा परेका थिए। डा.रुइतले सन् २००६ मा फिलिपिन्सको रोमन मागासेसे अवार्ड पाइसकेका छन्। सन् २००७ मा अर्डर अफ अस्ट्रेलिया पाएका उनले सन् २०१८ मा भो पद्यश्री अवार्ड पाएका थिए।

*हेडलाईनमा १७ करोड भएकाले सच्याइएको छ।

फागुन ९, २०७९ मंगलबार २२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।