स्कटल्याण्डले नेपालमा आएर उचाल्यो लिग-२ को उपाधि
काठमाडौं : नेपालमा आएर पहिलो खेल जित्दै आईसीसी क्रिकेट विश्वकप लिग-२ को च्याम्पियन बनेको स्कटल्याण्डले उपाधि पनि नेपालमा नै प्राप्त गरेको छ।
नेपालमा सम्पन्न सिरिजको पहिलो खेलमा नामिबियालाई हराएपछि नै स्कटल्याण्ड लिग-२ को च्याम्पियन बनेको थियो।
मंगलबार सिरिजका सबै खेल सकिएपछि स्कटल्याण्डलाई च्याम्पियन ट्रफी प्रदान गरियो। आईसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुखले कीर्तिपुर मैदानमा स्कटल्याण्डलाई ट्रफी हस्तान्तरण गरेका हुन्।
स्कटल्यान्डले लिग-२ को सबै ३६ खेल खेली सकेर कुल ५० अंकका उपाधि जितेको हो। त्यसैगरी ३६ खेलबाट ४४ अंक रहेको ओमान दोस्रो स्थानमा छ। यी दुवै सोझै एकदिवसीय विश्वकप छनोटमा पुगेका छन्।
लगातार चौथो जितपछि नेपाल २८ खेलमा २६ अंकका साथ लिग-२ को छैटौं स्थानमा कायमै छ।
लिगको शीर्ष ३ टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने नियम छ। नेपालले पनि अब बाँकी सबै ८ खेल जितेमा तेस्रो हुँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ।
फागुन ९, २०७९ मंगलबार १९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।