प्रचण्डलाई लोसपाका नेताहरूको प्रस्ताव : महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनुस्
काठमाडौं : पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव राखेका छन्।
मंगलबार अध्यक्ष ठाकुरसँगै प्रचण्डलाई भेट्न राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरू बालुवाटार पुगेका थिए।
उक्त भेटमा लोसपाका नेताहरूले ठाकुरलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गरेका थिए। यस विषयमा प्रधानमन्त्री पनि सकरात्मक रहेको बताइएको छ।
फागुन ९, २०७९ मंगलबार १८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।