अभिनेता कर्म र साम्राज्ञी एकै स्क्रिन सेयर गर्दै
काठमाडौँ : अभिनेता कर्म र अभिनेत्री साम्राज्ञी आरएल राणा पहिलो पटक सँगै एकै फिल्ममा देखिने भएका छन्। उनीहरू निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘नाङ्गो गाउँ’मा संयुक्त अनुबन्ध भएका हुन्।
दुवै कलाकारसँग फिल्म निर्माणपक्षले सोमबार कागजी सम्झौता गरेका छन्। यी दुवै कलाकार पहिलो पटक संयुक्त रूपमा स्क्रिन सेयर गर्न लागेका हुन्।
फिल्ममा यस अगाडि नै दयाहाङ राई र नायिका मिरुना मगर अनुबन्ध भइसकेका छन्। आलोक शुक्लाको छायाङ्कन रहने फिल्ममा शिशिर वाङ्देल, रवीन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकार समेत अनुबन्धित भइसकेका छन्।
मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन फागुनको अन्तिम साताबाट सुरु हुने र फिल्म काभ्रेमा खिचिने निर्माण पक्षले जानकारी दिएको छ।
फागुन ९, २०७९ मंगलबार १७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।