विश्वको अग्रणी टीके एलिभेटर नेपाल भित्रियो, रेकन आधिकारिक विक्रेता
काठमाडौँ : टीके एलिभेटरले बजार विस्तारका लागि नेपालमा रेकन समूहलाई आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ। नेपालको बढ्दो लिफ्ट बजारलाई लक्षित गर्दै रेकन समूहलाई आधिकारिक वितरकको रूपमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ।
रेकन समूहले टीके एलिभेटरका लिफ्ट, एस्केलेटर र मुभिङ वाकहरू विक्री गर्ने छ। रेकन समूह एलिभेटर व्यापारमा नेपालमा गुणस्तरीय उत्पादनहरू विक्री गर्ने तथा सेवा दिने एक बहु आयामिक कम्पनी हो।
२०२१ देखि, यस कम्पनीले घरहरू बनाउने, प्रणालीगत आल्मुनियमका झ्यालहरू, छतहरूको निर्माण, बहुतले कार पार्क प्रणाली, र सडक सुरक्षा उत्पादनहरूमा व्यापार विस्तार गर्दै लगेको छ।
टीके एलिभेटर भारतका सिइओ तथा एमडी, मनिष मेहनले ‘विश्वव्यापी रूपमा मोबिलिटी सोलुसन प्रदायकका रूपमा टीके एलिभेटरले उत्कृष्ट उत्पादनहरू विश्वभरका ग्राहकहरूलाई उपलब्ध गराउने प्रयास गरिरहेको बताए।
उनले यस क्षेत्रको व्यापारमा अग्रणी रहेको स्थानीय कम्पनी रेकन समूहसँगको साझेदारीले भविष्यमा ठुलो प्रतिफल दिने उनले दाबी गरे।
‘कोभिडपछि आर्थिक गतिविधिले बिस्तारै गति लिन थालेको समयमा नेपालमा घरजग्गाको व्यापारमा पनि वृद्धि देखिएको छ। बहुतले होटेल तथा अपार्टमेन्टहरू उपत्यकाको क्षितिजमा देखिन थालेको छ। बहुतले सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिसहरू बढेका छन्। यसले नेपालमा लिफ्ट बजारको बुद्धिलाई अझ बढवा दिनेछ,’ मेहनले भने।
रेकन समूहका निर्देशक विवेक बथवालले लिफ्ट र एस्केलेटरको अग्रणी जर्मन ब्रान्ड टीके एलिभेटरको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको बताए। उनले यो कम्पनी प्राविधिक रूपमा नवीन, कुशल, र भरपर्दो उत्पादनहरूका लागि परिचित रहेको बताए।
फागुन ९, २०७९ मंगलबार १७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।