पानि नपरेकाले यो वर्ष चाँडै सुरु भयो गर्मी

पानि नपरेकाले यो वर्ष चाँडै सुरु भयो गर्मी

काठमाडौं :  पानि नपरेकाले यो वर्ष चाँडै नै गर्मी सुरु भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले हिउँदे वर्षा पर्याप्त नहुँदा सुक्खापन बढेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको बताए।

‘हाल देशभरको अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेको छ। पश्चिमी वायु सक्रिय नभएकाले वर्षा नहुँदा चिसो बढ्न नसकेकाले पनि तापक्रम बढेर चाडै गर्मी महसुस गरिएको हो,’ उनले भने।

लामिछानेका अनुसार प्रि-मनसुनको सिजन नजिकिएकाले पनि तापक्रम बढिरहेको छ। 

सामान्यतया नेपालमा हिउँदे वर्षा मंसिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ। तर यस वर्ष देशभर हिउँदे वर्षा पर्याप्त मात्रामा हुन सकेन। 

फागुन ९, २०७९ मंगलबार १४:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।