अमेरिकामा रेलको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

अमेरिकामा रेलको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

एजेन्सी: अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा तीव्र गतिमा गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

अलमेडा क्षेत्रमा मेट्रोलाइन ट्रेनले गाडीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको लस एन्जलस वारुणयन्त्र कार्यालयले जनाएको छ। घाइते भएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ।

दुर्घटनापछि रेलमा यात्रारत १२५ जनालाई सकुशल रेलबाट ओरालेर आफ्नो गन्तव्यतर्फ पठाइएका छ। दुर्घटनाको अनुसन्धान भइरहेको छ।

फागुन ९, २०७९ मंगलबार १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।