२१३ रनको लक्ष्य पछ्याएको नेपालले १ रनमै गुमायो ओपनर भुर्तेललाई

२१३ रनको लक्ष्य पछ्याएको नेपालले १ रनमै गुमायो ओपनर भुर्तेललाई
तस्बिर: क्यान

काठमाडौं: जारी आईसीसी विश्वकप लिग- २ अन्तर्गत हाल नेपाल र स्कटल्याण्ड भिड्दैछन्। टस जितेर पहिले फिल्डिङ गरेको नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिसकेको छ।

पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा आफ्नो सबै विकेट गुमाएको थियो। त्यस दौरान स्कटल्याण्डले २१२ रन बनाएको थियो।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए। करण केसीले ३, ललित राजवंशीले १ र कुशल मल्लले पनि १ विकेट लिए।

हाल क्रिजमा नेपालका आशिफ शेख र ज्ञानेन्द्र मल्ल छन्। समाचार तयार पार्दासम्म आशिफले १७ बलमा ११ रन प्रहार गरिसकेका छन्। ज्ञानेन्द्रले भने १० बलमा ४ रन बनाएका छन्। हाल छैटौँ ओभरको खेल जारी छ।

नेपालले ओपनर कुशल भुर्तेललाई १ रनमै गुमाएको थियो। उनी आउट हुँदा ४ बल खेलेर १ रन बनाएका थिए।

फागुन ९, २०७९ मंगलबार १३:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।