थाइ एयरवेजले गर्दै आएको 'सेल्फ ग्राउण्ड ह्याण्डलिङ' रद्द

थाइ एयरवेजले गर्दै आएको 'सेल्फ ग्राउण्ड ह्याण्डलिङ' रद्द

काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको 'सेल्फ ग्राउण्ड ह्याण्डलिङ' रद्द गरेको छ। थाइ एयरवेजले विगत लामो समयदेखि गरेको सेल्फ ग्राउण्ड ह्याण्डलिङ म्याद थप नगरेकाले खारेज गरेको प्राधिकरणका उप–महानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले बताए।

उनले आजदेखि थाइ एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम बन्द भएको बताए। उनले थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा पनि बन्द गर्ने निर्णय भएको बताए।

उनले अब सम्पूर्ण सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायुसेवा कम्पनीले नै गर्ने भएकाले सेवा नरोकिने बताए। उनले थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा समेत विमानस्थलको मेन्टिनेन्स अर्गनाइजेसनबाट हुने बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणको अनुसन्धान भइरहेकाले प्राधिकरणको निर्णयले केही परक नपर्ने बताए।

प्राधिकरणका अनुसार थाइ एयरवेजले विमानस्थललाई बुझाउनुपर्ने वक्यौता एक करोड रुपैयाँ बढी छ। चार वटा एयरलाइन्सका जहाजलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर तथा ओभरहल सेवा दिँदा देशको वार्षिक तीन अर्ब रुपैयाँ गुम्दै आएको थियो।

प्राधिकरणको निर्णयले वार्षिक तीन अर्ब रुपैयाँ बाहिर जानबाट रोकेको छ।

समाचार स्रोत : न्युज एजेन्सी नेपाल

फागुन ९, २०७९ मंगलबार १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।