कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ र जित्छ, ढुक्क हुनुस् : शेखर कोइराला

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ र जित्छ, ढुक्क हुनुस् : शेखर कोइराला

काठमाडौं: नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन्। प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्ने बताए।

नेता कोइरालाले भने, “राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ, नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईं ढुक्क हुनुस्।”

दलबाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने पनि उनले बताए।

उनले एक वर्षमा हुनुपर्ने पार्टीका काम हुननसकेका र संठनलाई मजबुत बनाउन नसकिए आगामी निर्वाचनको नतिजा अर्कै हुने पनि बताए।

यस्तै लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसले जनतासँग सहकार्य गर्नुपर्ने र देशको विकास तथा समृद्धिका लागि हरेक विषयमा जनतालाई जोडेर लगे लोकतन्त्र सुदृढ, सुशासन, पारदर्शिता हुनाका साथै  दलप्रति जनताको विश्वास रहने नेता कोइरालाको भनाइ थियो।

फागुन ९, २०७९ मंगलबार १२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।