टर्कीएमा फेरि शक्तिशाली भूकम्प: ६ जनाको मृत्यु, इजरायलसम्म धक्का महसुस

टर्कीएमा फेरि शक्तिशाली भूकम्प: ६ जनाको मृत्यु, इजरायलसम्म धक्का महसुस

एजेन्सी: टर्कीए (पुरानो नाम टर्की)मा फेरि शक्तिशाली भूकम्प गएको छ। दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविन्दु बनाएर सोमबार गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ।

भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो।

सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। गत माघ २३ गते टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

उक्त भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्।

फागुन ९, २०७९ मंगलबार १२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।