स्कटल्याण्डविरुद्ध भिड्दै नेपाल, सन्दीपले लिए ३ विकेट

स्कटल्याण्डविरुद्ध भिड्दै नेपाल, सन्दीपले लिए ३ विकेट
तस्बिर: क्यान

काठमाडौं: आईसीसी विश्वकप लिग–२ अन्तर्गतको जारी त्रिदेशीय शृङ्खलामा नेपाल र स्कटल्याण्ड भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।

समाचार तयार पार्दासम्म हाल खेलमा १७ ओभर सकिएको छ। यस दौरान स्कटल्याण्डले ३ विकेटको क्षतिमा १०२ रन बनाएको छ। स्कटल्याण्डले ६ रन प्रतिओभरको राम्रो रनरेट कायम गरेको छ।

स्कटल्याण्डको तीनवटै विकेट स्पिनर सन्दीप लामिछानेले लिएका हुन्।

यसअघि हिजो भएको खेलमा स्कटल्याण्डले ४३ रनले नामिबियालाई हराएको थियो।

फागुन ९, २०७९ मंगलबार १०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।