आज ग्याल्पो ल्होसार
काठमाडौंः आज ग्याल्पो ल्होसार पर्व परेको छ। फागुन शुक्ल प्रतिपदाका दिन विशेषतः शेर्पा समुदायले यो पर्व मनाउने गर्छन्।
यस पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ।
ग्याल्पो ल्होसार नेपालसहित भारतका दार्जिलिङ र सिक्किममा पनि मनाउने चलन छ। शेर्पा, टिबेटियन र योल्मो समुदायमा यो पर्वको विशेष महत्त्व रहेको छ। आजको दिनलाई उनीहरू नयाँ वर्षको रूपमा मनाउँछन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसार पर्वका अवसरमा शुभकामना व्यक्त गरेकी छिन्।
यस्तै आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस समेत रहेको छ।
फागुन ९, २०७९ मंगलबार ०९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।