ग्यास मर्मत गर्दा विस्फोट, चार जना गम्भीर घाइते

ग्यास मर्मत गर्दा विस्फोट, चार जना गम्भीर घाइते
तस्बिर : युगदर्शनडटकम

काठमाडौं : धरान-१७ मा रहेको सविता राईको घरमा लिक भएको ग्यास मर्मत गर्ने क्रममा विस्फोट हुँदा ८ जना घाइते भएका छन्। घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

विस्फोटमा घरधनी राई, घरमा डेरामा बस्ने परिवार र ग्यास मर्मत गर्ने व्यक्ति घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार २७ वर्षीया सविता राई, २२ वर्षीया सोनिका राई, ४२ वर्षीया अञ्जना राई, उनकी आमा ६६ वर्षीया रामकुमारी राई गम्भीर भएका छन्।

अञ्जनाको छोरा ८ वर्षीय साङ्केन राई र छोरी १० वर्षीया सुनिहाङ राई, ग्यास बनाउने धरान ११ का १९ वर्षीय अनीश कार्की र १८ वर्षीय वासुदेव खड्का सामान्य घाइते भएका छन्।

घाइतेहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

फागुन ८, २०७९ सोमबार २२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।