उकेरा टप फाइभ : देउताका आँखा खोल्ने विरेन्द्रदेखी अख्तियारले छानबिन गरिरहेको वीर अस्पतालका निर्देशकसम्म

उकेरा टप फाइभ : देउताका आँखा खोल्ने विरेन्द्रदेखी अख्तियारले छानबिन गरिरहेको वीर अस्पतालका निर्देशकसम्म

काठमाडौं : सोमबार नेपाली राजनीति प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ केन्द्रित रह्यो। माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिको चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्षको रुपमा उनलाई नै दियो।

उता कास्की पुगेर पनि उनले मुलुक अप्ठ्यारो परिस्थितिमा रहेकोले राष्ट्रपतिका लागि १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिबीच सहमति हुनुपर्ने बताए।

आजका टप फाइभ

वीरेन्द्र, जो देउताको आँखा खोल्छन्

उकेराले आजको दिनको सुरुवात देउताको आँखा खोल्ने वीरेन्द्र चित्रकारको कथाबाट गरेको थियो। नियमित कोलम ‘भुईं मान्छे’मा असनको दगुबहाः मा रहेको बुद्धको मूर्तिलाई सिँगार्ने वीरेन्द्र चित्रकारका कुरा प्रकाशित भएको थियो।

खरिद अनियमिततामा अख्तियारले छानबिन गरिरहेको डा सन्तोषलाई सरकारले वीर अस्पतालको निर्देशक बनायो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा रहेका सन्तोष पौडेललाई सरकारले वीर अस्पतालको निर्देशक बनाएको छ।

उनी राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख रहेको बेला भएका खरिदबारे अख्तियारले छानबिन गरिरहेको खुलेको छ।

महबुबले गरेको प्रतिम्याच ६ लाखको ‘फिक्सिङ’ अफरमा धन्न फसेनन् आरिफ शेख

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी महबुब आलमले नेपाल टी-२० लिगमा फिक्सिङ गराएको स्वीकार गरेका छन्।

उनले सीआईबीसँगको बयानमा आफूले आरिफ शेख र हासिम अन्सारीलाई फिक्सिङका लागि प्रस्ताव गरेको बताएका थिए। उनले गरेको प्रतिम्याच ६ लाखको ‘फिक्सिङ’ अफरलाई आरिफ शेखले भने अस्वीकार गरेका थिए।

फोटो खिच्ने स्थल बन्दै १ अर्ब लागतमा बनेको सम्मेलन केन्द्र, कार्यविधि नबन्दा पाँच महिनामा जम्मा चार कार्यक्रम

सोमबार नै उकेराले १ अर्ब भन्दा बढी लागतमा बनेको बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कार्यविधि नबन्दा अलपत्र परेको समाचार प्रकाशित गरेको थियो।

गत पाँच महिनामा जम्मा चार कार्यक्रम भएको यस अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मासिक लाखौं रुपैयाँ खर्च मात्र भइरहेको छ।

सुन कारोबारमा राज्यको कोटा, संस्थाको कार्टेलिङ, फाइदामा तस्कर

सोमबार नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घले बजारको मागभन्दा कम सुन आयात हुँदा तस्करी भइरहेको दाबी गर्दै कोटा पद्धति हटाउन माग गरेका थिए।

सुनको माग बढी हुने मौसममा दैनिक ४० किलोसम्म माग हुने तर कोटा दैनिक १० किलो मात्र हुँदा सुन तस्करी हुने गरेको उनीहरूको दाबी थियो। 

यता सुनचाँदी व्यवसायीहरू भने यी तीन संस्थाले समेत कार्टेलिङ गरेर आफू अनुकूलका व्यवसायीलाई सुन दिने गरेको दाबी गर्छन्।

फागुन ८, २०७९ सोमबार २१:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।