अचानक युक्रेन पुगे अमेरिकी राष्ट्रपति बाइडेन, सहयोग बढाउने प्रतिवद्धता

अचानक युक्रेन पुगे अमेरिकी राष्ट्रपति बाइडेन, सहयोग बढाउने प्रतिवद्धता

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन सोमबार अचानक युक्रेन पुगेका छन्। उनले युक्रेनको राजधानी किभको आकस्मिक भ्रमण गरेका हुन्।

रुसले युक्रेनमाथी आक्रमण गरेपछि बाइडेन पहिलो पटक युक्रेन पुगेका हुन्। यस भ्रमण दौरान उनले युक्रेनलाई सहयोग बढाउने प्रतिवद्धता गरेको बताइएको छ। 

बाइडेन युक्रेनको आकस्मिक भ्रमण सकेर अमेरिका फिर्ता भइसकेका छन्।

पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमण गरेको एक वर्ष हुन लाग्दा राष्ट्रपति बाइडेनद्वारा गरिएको यो भ्रमणले विश्व राजनीतिमा तरङ्ग थपेको छ।

फागुन ८, २०७९ सोमबार २०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।