राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई नै दियो माओवादीले

राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई नै दियो माओवादीले

काठमाडौं : माओवादी केन्द्रले राष्ट्रपतिको चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लाई नै दिएको छ।

आज (सोमबार) पार्टी कार्यालय, पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिको विषयमा प्रधानमन्त्री दहाललाई नै अधिकार दिने निर्णय गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए।

उनले भने, ‘गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो। यही स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको छ।’ 

फागुन ८, २०७९ सोमबार १९:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।