सडक दुर्घटना न्युनीकरणका लागि काम गर्ने लुम्बिनी प्रदेश सरकारको घोषणा

सडक दुर्घटना न्युनीकरणका लागि काम गर्ने लुम्बिनी प्रदेश सरकारको घोषणा

बुटवल : लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले सडक दुर्घटनाबाट हुने अकाल मृत्युबाट नागरिकलाई बचाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘नेशनल रोड सेफटी काउन्सिल नेपाल’ले आयोजना गरेको सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामुलक कार्यक्रम बोल्दै मन्त्री पन्थीले उक्त कुरा बताएका हुन्।

‘बढदो दुर्घटनाका कारण हाम्रो समाज आक्रान्त छ, दुर्घटनाले समाजका योग्य र कुशल नागरिक समेत गुमाउनु परेको छ। यस्तो भयावह अवस्था कम गर्न सबैको सहकार्य जरुरी छ,’ उनले भने।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग, वन, वातावरण, पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले दुर्घटना न्युनिकरणका लागि नागरिक सचेतना जगाउन प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताए।

कार्यक्रमले नेपाल सरकारले प्रतिवद्धता व्यक्त गरेको सन् २०३० सम्ममा सडक दुर्घटना र यसबाट हुने हताहती तथा घाइतेको संख्या आधा घटाउने लक्ष्यमा प्रदेश सरकारले पनि समर्थन व्यक्त गर्दै ७ बुँदे बुटवल घोषणा पत्र समेत जारी गरेको छ।

फागुन ८, २०७९ सोमबार १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।