राजनीतिमा दूषित हावा देखियो, राष्ट्रपतिका लागि १२ बुँदे समझदारीका पक्षधर एक हुनुपर्छ : प्रधानमन्त्री

राजनीतिमा दूषित हावा देखियो, राष्ट्रपतिका लागि १२ बुँदे समझदारीका पक्षधर एक हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अप्ठ्यारो परिस्थितिमा रहेकोले राष्ट्रपतिका लागि सहमति हुनुपर्ने बताएका छन्।

उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्ति फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताए।

आज कास्कीको लेखनाथमा गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मुलुक राजनीतिक र आर्थिकरूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दूषित हावा देखिएको छ। राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहना हो।’

वर्तमान सरकारले जनताको अवस्था बदल्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको समेत उनले उल्लेख गरे।

फागुन ८, २०७९ सोमबार १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।