त्रिभुवन विमानस्थलमा अध्यागमनको सर्भर डाउन, यात्रुहरु अलपत्र

त्रिभुवन विमानस्थलमा अध्यागमनको सर्भर डाउन, यात्रुहरु अलपत्र

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको सर्भर डाउन हुँदा सयौं यात्रुहरु अलपत्र परेका छन्।

अध्यागमनको सर्भर डाउन भएपछि विशेषगरी अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो।

अन्तर्राष्ट्रिय उडान प्रभावित भएपछि नेपाल आउने र विदेश जाने यात्रुहरु बिचल्लीमा परेका छन्। सर्भर नचलेकै कारण एक दर्जनभन्दा बढी उडान प्रभावित भइसकेको बताइएको छ।

यसै समस्याका कारण विमानस्थल आइपुगेका यात्रुहरूले चेक आउट गर्न पाएका छैनन्। त्यसैगरी अन्य देशमा उडान गर्न लागेका विमानले पनि समयमा उडान गर्न पाएका छैनन्।

फागुन ८, २०७९ सोमबार १५:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।