स्याङजामा ट्र्याक्टर सडकबाट तल खस्दा चालक र परिचालकको मृत्यु
काठमाडौं: स्याङजाको वालिङ नगरपालिका- ६ आम्डालीमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक स्याङजाकै चापाकोट नगरपालिका- २ धुर्कोटका ३२ वर्षीय नवीन सुनार र परिचालक वालिङ नगरपालिका- ८ मिर्दिका १४ वर्षीय सोविन विक रहेका छन्।
सुनारलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। परिचालक विकको भने गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा राति साढे ११ बजे मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।
भञ्ज्याङबाट मिर्दितर्फ ढुङ्गा लिएर जाँदै गरेको ग१त ६८८६ नम्बरको ट्र्याक्टर हिजो साँझ ८ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो।
फागुन ८, २०७९ सोमबार १०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।