त्रिदेशीय शृङ्खलामा नमिबिया र स्कटल्याण्ड भिड्दै
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा आज नामिबिया र स्कटल्याण्ड भिड्दैछन्। नामिबियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा समाचार तयार पार्दासम्म ८ ओभरको खेल सकिइसकेको छ। जसमा स्कटल्याण्डले २ विकेटको क्षतिमा ३९ रन बनाएको छ।
स्कटल्याण्डको रन रेट ४.८८ रन प्रतिओभर छ।
नामिबिया आफ्नो पहिलो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेटले हार व्यहोरेको थियो। त्यस्तै तेस्रो खेलमा पनि नामिबिया नेपाललसँगै तीन विकेटले पराजित भएको थियो।
यता स्कटल्याण्ड आज नामिबियालाई हराउँदै जित पक्का गर्न चाहन्छ। विभिन्न सात राष्ट्र सहभागी विश्वकप लिग २ मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अङ्कका साथ शीर्ष स्थानमा छ।
नामिबिया ३३ खेलमा १८ जित र १४ हारका साथ ३७ अङ्कका साथ तेस्रो स्थानमा छ।
यस शृङ्खलामा नामिबियाको आज अन्तिम खेल हो भने स्कटल्याण्डले भोलि नेपालविरुद्ध खेल्नेछ।
फागुन ८, २०७९ सोमबार ०९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।